सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण कामकारबाहीको अधिकार आफूलाई दिन धरान उपमहानगरपालिकाले आग्रह गरेको छ ।
विगत केही महिनायता विवादका कारण प्रतिष्ठानमा शैक्षिक, प्रशासनिक र स्वास्थ्य सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।
उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले स्वास्थ्य मन्त्रालयलाई एक पत्र लेख्दै सो आग्रह गर्नुभएको हो । उपमहानगरपालिकाका अनुसार अहिले प्रतिष्ठानमा चिकित्सकको आन्दोलनका कारण बिरामी उपचार सेवाबाट प्रभावित भएका छन् भने, आवश्यक उपकरण को अभाव साथै विरामी राख्ने वेड समेत अपुुग भएको छ ।
प्रतिष्ठानको कामकारबाहीलाई आफ्नो मातहत ल्याएमा स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भ्रष्टाचारमुक्त सकिने धरान उपमहानगरपालिकाको भनाइ छ ।
