कोशीमा मन्त्रालय भागबण्डा नमिल्दा सरकार विस्तारमा सकस

प्रदेश राजनीति

झापा/मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा कोशी प्रदेशको सरकार विस्तारमा सकस भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (सोमबार) सरकार विस्तार गर्ने तयारी गरेका थिए । तर, नेकपा माओवादी केन्द्र र काँग्रेसबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा सरकार विस्तारमा सकस भएको स्रोतले जनाएको छ ।​
स्रोतले दिएको जानकारी अनुसार काँग्रेस भित्रै कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा द्वन्द्व बढेपछि केही ढिलाइ भएको हो। यता, मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रलाई एक मन्त्री दिएर सरकार विस्तार गर्ने तयारीमा रहेको भए पनि माओवादी केन्द्रले दुई जना मन्त्री पाउनुपर्ने माग राखेकाले केही समस्या आएको स्रोतको भनाइ छ।
‘माओवादी केन्द्रको दुई वटा मन्त्रीमा ओके भएको थियो तर काँग्रेसभित्र पनि मन्त्रालयका लागि द्वन्द्व बढेको छ, काँग्रेसबाट इन्दिरा कार्कीलाई राज्य मन्त्री बनाउने तयारी रहेको थियो र माओवादी केन्द्रबाट मुख्यमन्त्रीले आज एक जनालाई मात्रै सपथ खुवाउने तयारी थियो ।’ स्रोतले भन्यो, ‘माओवादी केन्द्रले पनि मानिराखेको अवस्था छैन, र काँग्रेसभित्रै पनि विवाद सुरु भएको छ आज कुरा मिल्यो भने आज नै सरकार विस्तार हुनसक्ला नत्र भोलिसम्म होला की ?’
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले केही प्राविधिक अहसजताका कारण सरकार विस्तारमा ढिलाइ भएको बताए । सरकार विस्तारको जिम्मा मुख्यमन्त्री कार्कीले लिएको बताउँदै उनले केही दिनमा सरकार विस्तार हुने बताए । ‘आजै सरकार विस्तार नहोला, यसको जिम्मा मुख्यमन्त्रीज्युले लिनुभएको छ,’ उनले भने,‘केही प्राविधिक समस्या छन्, त्यही भएर दुई/तीन दिनमा सरकार विस्तार हुन्छ ।’

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *