साईवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

Share


गौरादह /झापाको गौरादहमा दुई दिने साईवर सुरक्षा सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गौरादह नगरपालिकाको आयोजना तथा भिन्न मिडिया एण्ड रिसर्च प्रालिको सहजीकरणमा माध्यमिक तहका विद्यार्थीका लागि साइबर सुरक्षा सम्बन्धी दुई दिवसीय अभिमुखीकरण कार्यक्रम” शनिवार सम्पन्न भएको हो ।
कार्यक्रम समापन कार्यक्रममा गौरादह नगरपालिकाका नगरपालिका प्रमुख छत्रपति सुवेदीले आगामी दिनमा समेत विद्यार्थी लक्षित सचेतना कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । यस्तै नगरपालिका उपप्रमुख जलवर्षा राजवंशीले विगतमा समेत विद्यार्थी तथा बालबालिका लक्षित कार्यक्रमलाई प्राथमिकता दिईएको र आगामी कार्यक्रममा समेत यस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिईने जनाउनु भयो । कार्यक्रममा मनोविमर्शकर्ता गोविन्द राज कट्टेल, शिक्षक बद्री कार्की, प्रहरी कुमार खतिवडा तथा गौरादह नगरपालिकाका कानून अधिकृत ऋतिक यादवले विभिन्न विषयमा जानकारी गराउनु भएको थियो ।
सहजकर्ताहरुले सुचना प्रविधि तथा साईवरको सहि उपयोगले विभिन्न नविनम विषयमा जानकारी प्राप्त हुने भए पनि यसको गलत प्रयोगले विभिन्न समस्या निम्त्याउने भएकाले सचेततापूर्वक उपयोग गर्नु पर्ने बताउनु भएको थियो । कार्यक्रममा गौरादह नगर भरिका १५५ जना भन्दा वढि बिद्यार्थीको सहभागीता रहेको थियो ।

ताजा समाचार