कमल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

ताजा समाचार मुख्य समाचार स्वास्थ्य

दमक/ “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित झापाको कमल गाउँपालिका लाई आज औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
यस घोषणासँगै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। बालबालिकाको स्वास्थ्य सुरक्षा, रोग नियन्त्रण तथा स्वस्थ भविष्य निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गाउँपालिकाका सातै वडाहरू सफलतापूर्वक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएपछि पालिकास्तरमा समेत घोषणा गरिएको हो।
गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष हुकुम सिंह राई को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाभित्र रहेका ८ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, सातै वडा तथा २४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम सफल बनाउन योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने ले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायस्तरमा खटिएका अभियानकर्मीहरूको अथक मेहनत, समर्पण र जिम्मेवारीबोधका कारण गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गर्न सफल भएको बताउनुभयो। उहाँले यो केवल स्वास्थ्य कार्यक्रम मात्र नभई भावी पुस्ताप्रतिको सामाजिक दायित्व भएको उल्लेख गर्दै स्वस्थ, सुरक्षित र समुन्नत कमल निर्माणका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी गाउँपालिका अध्यक्ष हुकुम सिंह राई ले कमलबासीको सक्रियता, दूरदृष्टि तथा स्वास्थ्य क्षेत्रप्रतिको प्रतिबद्धताका कारण अभियान सफल भएको बताउँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिन सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले सातै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुनु गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै यसले बालमैत्री, सुरक्षित र स्वस्थ समाज निर्माणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वास्थ्य कार्यालय झापा का खोप कार्यक्रम फोकल पर्सन राजकुमार पोख्रेल, प्रदेश तहका प्रतिनिधि, विभिन्न स्वास्थ्य निकायका पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, सरोकारवाला तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख दिपक दाहाल ले गर्नुभएको

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *