जन्मदिनमा प्रेस चौतारीका सदस्य राईद्वारा उपचार कोषलाई सहयोग

Share


बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका सदस्य रविकिरण वान्तावा राईले उपचार कोषलाई सहयोग गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा राईले आज परेको जन्मदिनको अवसर पारेर नगद पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको हो । प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारलाई सदस्य राईले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । राई बिर्तामोडस्थित सुर्योदय टेलिभिजन र रेडियो भिजनमा कार्यरत हुनुहुन्छ ।
पत्रकारहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा विभिन्न अवसर पारेर सहयोग गर्ने क्रम जारी रहेको छ । उपचार कोषलाई यो कार्यकालमा १५ लाख पुराउने योजना अनुसार काम भइरहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिनुभयो । कोषमा ७ लाख रुपैयाँ पुगेको छ । कोषको व्याजबाट उपचारमा सहयोग गर्ने कार्यविधि रहेको शिवाकोटीले जानकारी दिनुभएको छ ।

ताजा समाचार