झापामा बसको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गयो

ताजा समाचार

झापा ।झापाको कमल गाउँपालिका –५ पाडाजुंगीस्थित सडकखण्डमा आज दिउँसो यात्रुवहाक बसको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ ।दुर्घटनामा मोरङ केराबारी ७ बस्ने अन्दाी ५० बर्षका पदम मुकारुङ राई रहेको जिल्ला प्ररु कार्यmापाले जनाएको छ ।
पश्चिमबाट पूर्व तर्फ जादैै गरेको प्रदेश १ –०१ –००१ (ख) ३४३५ नम्बरको यात्रुवहाक बसले सोहि दिशाबाट जादै गरेको को.१६ प. ५३२२ नम्बरको मोटरसाईकल ठक्कर दिदाँ निजको घटनास्थलमा नै ज्यान गएको थियो ।
दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी गरेका छन्। आगजनीपछि राजमार्गमा ठूलो भिडमा स्थिती तनाबग्रस्त भई केहि समय राजमार्ग अबरुद्ध बनेको थियो ।तोडफाड र आगजनीबाट बसमा क्षति पुगेको प्रहरीको भनाई छ ।घटनाका विषयमा थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले बताए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *