डाइनेमिक पब्लिक लाइब्रेरी दमक र डाइनेमिक पब्लिक लाइब्रेरी दमक टिन्सको आयोजनामा पञ्चकन्या प्राथमिक विद्यालय, कमल-६, झापामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। स्व. अजय पराजुलीको जन्मदिनको सम्झनामा स्वेता घिमिरेको विशेष सहयोगमा आयोजित कार्यक्रममा करिब ६०–६५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो।
कार्यक्रमको अध्यक्षता डाइनेमिक पब्लिक लाइब्रेरी दमक शाखा अध्यक्ष अश्विन तिम्सिनाले गर्नुभएको थियो, भने प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण बहादुर राई रहनुभएको थियो। कार्यक्रममा डाइनेमिक पब्लिक लाइब्रेरीमहासचिव पर्वत बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
शैक्षिक सामग्री वितरण कार्यक्रममा डाइनेमिक पब्लिक लाइब्रेरी का अग्रज व्यक्तित्वहरू, विद्यालयका शिक्षकगण, अभिभावक, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थित रहेको थियो। विद्यालयका विद्यार्थीहरूलाई आवश्यक पर्ने शैक्षिक सामग्री प्राप्त हुँदा खुशी व्यक्त गरेका थिए।
डाइनेमिक पब्लिक लाइब्रेरी दमकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



