प्रधानमन्त्रीको कोशी प्रदेश सभामा सम्बोधन, कोशीको महिमा सुनाउँदै प्रदेशको नाम बारे प्रस्ट्याए

ताजा समाचार राजनीति


झापा /प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश ऐतिहासिक सभ्यताको सुरुवात भएको प्रदेश रहेको बताएका छन् ।/

आज कोशी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले इतिहास र पूर्खाहरु प्रति गौरव गर्नु पर्ने भन्दै हामीले यो भूगोल प्रति गौरव गर्नु पर्ने बताए ।

प्रदेशको मुख्य नदी कोशी रहेको र यसले सबै क्षेत्रलाई समेट्ने उनले बताए । प्रदेश नामाकरणको विवादका विषयमा नबोल्ने सहमति पछि प्रतिपक्षी दलहरु सहभागी भएको यो बैठकमा कोशी नदीको पौराणीक र भौगोलिक महत्व प्रस्ट्याएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रदेशका हलेसी, पाथीभरा जस्ता तीर्थस्थलहरु, बर्जु ताल, किचकबध द्वापरयुगसँग सम्बन्ध रहेको भन्दै प्रदेशको ऐतिहासिकतामा गर्व गर्नु पर्ने बताए । उनले कोशी किनारमा भगवान शिवले ज्ञानको पहिलो ज्योति छरेको भन्दै यसमा भ्रम छर्न नहुने बताए ।

उनले भगवान शिवले सप्तऋषिहरुलाई ज्ञानको प्रकाश दिएको बताए । कोशी किनारमा नै बसेर तपस्या गरेको कारण विश्वमित्र ऋषिको नाम कौशिक ऋषि रहेको भन्दै ऋषिको नामबाट नदीको नामाकरण भएको भ्रममा पर्न नहुने बताए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *