दमक नगरमा नयाँ फेसन स्टोर ‘आदम स्टोर २’ को भव्य उद्घाटन गरिएको छ। युवा उद्यमी विजय मुकारुङ राईले दमक-६, मिशाल बजारको दोस्रो तलामा उक्त स्टोर सञ्चालनमा ल्याएका हुन्।
सञ्चालक मुकारुङका अनुसार ‘आदम स्टोर २’ मा पुरुष तथा महिलाका लागि उच्च गुणस्तरका ब्रान्डेड कपडा तथा जुत्ताहरू सहज मूल्यमा उपलब्ध छन्। ग्राहकहरूको माग र आधुनिक फेसनलाई ध्यानमा राख्दै स्टोर सञ्चालन गरिएको उनले जानकारी दिनुभयाे
उद्घाटन समारोहमा विभिन्न व्यवसायी, स्थानीय नागरिक तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन ‘हाम्रो सरोकार अनलाइन’का सञ्चालक अनिल देव राईले गर्नु भएको थियोे ।
स्टोर सञ्चालनसँगै दमकका फेसनप्रेमीहरूलाई ब्रान्डेड पहिरन सहज रूपमा खरिद गर्ने अवसर मिल्ने विश्वास गरिएको छ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



