झापा — केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार पनि फेरिन पुगेका छन् । छिटोछिटो सरकार परिवर्तन हुदा जनजीविका र विकासका मुद्धा ओझेलमा परेको प्रति प्रदेश सभा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् ।
एक बर्षको अवधिमा तीन वटा सरकार गठन हुने अवस्था बनेपछी सरकारको कार्यसम्पादनमा समेत असर पर्न थालेको हो ।
प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएपछी कोशीमा एमाले नेतृत्वमा सरकार बन्यो तर एक बर्ष समेत टिक्न नपाउदै पुन कांग्रेस नेतृत्वमा बनेको सरकार पनि अससंबैधानिक भएको भनि सर्बाेच्चले खारेज ग¥यो त्यसपछि एमाले कांग्रेश समिकरणमा बनेको सरकार पनि केन्द्रमा समिकरण बदलिएपछि फेरबदलको चर्चा चलेको छ ।
केन्द्रिय राजनीतिमा आएको फेरवदलले फेरी प्रदेश सरकारहरु बदलिन पुगेका छन् । दोस्रो सरकार बनेको ११ महिनाको अवधिमा फेरी अर्को सरकार बनाउन थालेको छ । राजनीतिक अस्थितरताका कारण जनताका मुद्धाहरु ओझेलमा परेको गुनासो प्रदेश सभा सदस्यहरुको छ ।
संघीय संरचनालाई बलियो बनाउन प्रदेश तहलाई प्रभावकारी बनाउन जरुरी छ । केन्द्रमा हुने राजनीतिक समिकरण फेरवदलको असर प्रदेश तहमा नपर्नेगरी आफ्नो अनुकुलमा प्रदेश संरचनालाई काम गर्न दिनुपर्ने समेत आवाज उठेको छ ।
अन्तरसम्वन्धको साथ साथै प्रदेश सरकारले स्वायत्तताको आधारमा काम गर्नेगरी भूमिका बढाउन आवश्यक रहेको भनाई प्रदेश सभा सदस्यहरुको छ ।
प्रदेश संरचना नयाँ हो । आठ बर्षको अवधीसम्म आईपुग्दा प्रदेशिक तहबाट नीति निर्माणदेखी त्यसको कार्यान्वयनको लागी भूमिका खोजीरहेको देखिन्छ । जनतामा आशा बढाउनेगरी तीन तहकै सरकारले कार्यसम्पादनमा प्राथमिकता दिन आवश्यक छ ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



