दमकमा ‘फागुनन्द कस्मेटिक पसल’ को उद्घाटन

ताजा समाचार स्थानिय

झापाको दमकस्थित मिशाल बजारमा नयाँ व्यवसाय ‘फागुनन्द कस्मेटिक पसल’ को आज उद्घाटन गरिएको छ। दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईले रिबन काटेर औपचारिक रूपमा पसलको शुभारम्भ गर्नुभयो।

होटल व्यवसायी ध्रुव थापाद्वारा सञ्चालित यो कस्मेटिक पसल महिला तथा पुरुष दुबैका लागि आवश्यक श्रृंगार तथा सौन्दर्य सामग्रीहरू उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको हो। उद्घाटन समारोहमा बोल्दै उपप्रमुख भट्टराईले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै ग्राहकहरूको आवश्यकताअनुसार उच्चस्तरीय सेवा प्रदान गर्न सुझाव दिनुभयो।

पसल सञ्चालक थापाले गुणस्तरीय सौन्दर्य सामग्रीहरु उचित मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै ग्राहकहरूको विश्वास जित्ने लक्ष्य रहेको बताउनुभयो।

स्थानीय व्यापारी तथा समाजसेवीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा व्यवसायिक प्रवर्द्धनका विषयमा समेत छलफल गरिएको थियो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *