बंगलादेशको आन्दोलनमा नेतृत्व गर्ने २६ वर्षे युवा को हुन् ?

अन्तर्राष्ट्रिय ताजा समाचार


ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई १५ वर्ष लामो सत्ताबाट हटाउने आन्दोलनको नेतृत्व गरेका २६ वर्षिय युवक नहिद इश्लाम को हुन् भन्ने प्रश्न अहिले उठिरहेको छ ।
ढाका विश्वविद्यालयमा सोसियोलोजीका विद्यार्थी इश्लामले ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेसन मुभमेन्ट’को राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै आएका थिए ।उनकै नेतृत्वमा आरक्षण विरोधी आन्दोलन बंगलादेशमा सुरु भएकोमा सो आन्दोलन पछि प्रधानमन्त्रीको राजीनामामा केन्द्रित भएको थियो । उनलाई १९ जुलाई २०२४को मध्यरातमा कम्तिमा २५ जनाको एउटा समूहले ढाकाको सबुजबागस्थित घरबाट समातेर अज्ञातस्थलमा लगेर विद्यार्थी आन्दोलन सुरु गर्नुको कारणबारेमा सोधेको थियो ।
उनलाई पूर्वाकाल्फको पुल मुनि २१ जुलाई २०२४मा अचेत अवस्थामा भेटिएको थियो । उनलाई २६ जुलाईमा गोनोशास्थ्य नगर अस्पतालमा प्रहरीले लगेको जनाइएको छ । अस्कर टाउकोमा बंगलादेशको झण्डा बाँधेको अवस्थामा देखिने इश्लाम नरम रुपमा बोल्ने गर्दछन् । उनले मंगलबार मात्रै सेनाले गर्ने सरकारको नेतृत्व स्वीकार नगर्ने भन्दै नोबेल पुरस्कार बिजेता अर्थशास्त्री मोहम्मद युनुसलाई सरकार प्रमुख बनाउनुपर्ने माग राखेका छन् ।
उनले सोमबार विद्यार्थीहरुलाई सम्बोधन गर्दै आफूहरुले आफूहरुको कारणले रगत बगाउने शहिदहरुलाई धोका नदिने बताएका थिए । १९९८मा ढाकामा जन्मेका उनी विवाहित हुन् र एक जना भाइ नकिव पनि छन् । उनका बाबु शिक्षक हुन् भने आमा ‘होममेकर’ हुन् । जानकारहरुका अनुसार उनी देशमा परिवर्तन हुनुपर्छ भन्ने गर्दथे । उनको नेतृत्वको आन्दोलनका क्रममा बंगलादेशमा करिब ३०० जनाको मृत्यु भएको छ । (एजेन्सी)

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *