झापा ।खोटाङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी सुन्तलाबोटे बस्ने ३२ वर्षीय शुसील खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खत्रीले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी ललाई फकाई गत वैशाख २५ गते रातिदेखि गत जेठ ३२ गते रातिसम्म पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत खोटाङबाट ५ दिन म्याद थप अनुमति लिई घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



