झापा ।नेपाल कम्युनिष्ट पार्टीएमालेले एक व्यक्ति एक पदको अवधारण अघि सारको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ‘एक व्यक्ति एक पदको अवधारणा अघि सारेको हो।
मिसन— ०८४ लक्ष्य बनाएर पार्टी गतिविधि सञ्चालन गर्दै आएको एमालेले नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी गरेको छ। गत वर्ष असारदेखि जिम्मेवारी हेरफेरसहित नेताहरूलाई फरक भूगोल र क्षेत्रको जिम्मेवारी दिइएको थियो। उक्त जिम्मेवारीमा रहेर एक वर्षसम्म काम गरेका नेताहरूलाई अब नयाँ जिम्मेवारी दिने लागेको हो।
सचिवालय बैठकले अब नेताहरूलाई दोहोरो जिम्मेवारी नदिइने समेत निर्णय भएको छ। ‘एक व्यक्ति, एक जिम्मेवारी नीतिका रूपमा निर्णय भएको छ। अब सरकारमा जाने नेताहरूले पार्टी कामको जिम्मेवारी छोड्नुपर्ने भएको छ। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भने मापदण्ड लागू हुने छैन। अहिले ओलीले पार्टी अध्यक्ष र संसदीय दलको नेता हुनुन्छ।
‘एक व्यक्ति, एक जिम्मेवारी नीति पार्टी अध्यक्षलाई लागू हुँदैन’, एक नेताले भन्नुभयो, ‘अध्यक्ष बाहेक कसैले पनि दोहोरो जिम्मेवारी पाउने छैनन्।’
‘यो एमालेको प्रचलनकै कुरा हो। विगतमा पनि हामीले यस्तो अभ्यास गरेका थियौं,’ उहाँले भन्नुभयो, ‘अहिले यो सचिवालय बैठकको एजेन्डाको रूपमा आएको छ। विस्तृत छलफल हुन बाँकी नै छ।’
सचिवालय बैठकले यसअघि आफ्नो जिल्लाभन्दा फरक कार्यक्षेत्र हुने गरी गरेको कार्यविभाजन पनि परिवर्तन गर्ने भएको छ। योसँगै विभाग प्रमुख, उपप्रमुख, प्रदेश, जनसंगठन, भूगोलको इन्चार्ज फेरिने छन्।
एमालेले २०५१ सालदेखि नै ‘एक व्यक्ति एक व्यक्ति पद’ लागू गरेको थियो। त्यतिबेला मनमोहन अधिकारी पार्टी अध्यक्ष र प्रधानमन्त्री थिए। अध्यक्ष कार्यकारी पद थिएन। महासचिव रहेका माधवकुमार नेपाल परराष्ट्र मन्त्री बनेकाले उहाँले बामदेव गौतमलाई कार्यवाहक महासचिवको जिम्मा दिनुभएको थियो। एमालेको आठौं महाधिवेशनपछि पनि एक व्यक्ति एक पद लागू गर्नुपर्ने आवाज उठेको थियो।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



