मातातिर्थ औंसीमा फेरी चलचित्र महाजात्रा प्रदर्शन हुने

मनोरञ्जन

अष्ट्रेलियाको राजधानी क्यानबेरामा मातातिर्थ औंसीको अवसर पारेर चलचित्र महाजात्रा यहि May 8 तारिकका दिन Limelight Cinema Tuggeranong मा प्रदर्शन हुन गैरहेको छ । यसअघि Party Time Nepal ले क्यानबेरामा ल्याएको चलचित्र महाजात्राको सबै शो हाउसफुल भएको थियो। आमाको मुख हेर्ने दिनको अवसर पारेर चलचित्र महाजात्रा प्रदर्नश गरिन लागिएको र सम्पुर्ण आमाहरुलाइ सित्तैमा टिकट उपल्ब्ध गराइने आयोजक Party Time Nepal ले जानकारी गराएको छ। ९ महिना एउटा बच्चालाई आफ्नो कोखमा राखेर जन्मदिने ती महान आमाहरुको आदर, सत्कार र सम्मानको निमित्त उक्त शो आयोजना गरिएको Party Time Nepal का CEO प्रसान्त प्रसाईं बताउनुहुन्छ । यद्यपि आमाहरुलाइ सितैमा चलचित्र देखाइने भएतापनी आयोजक अनुसार शो को लागि निम्न सर्तहरु लागू हुने बताइएकोको छ।

– बर्ष ४५  वा सोभन्दा माथिको हुनुपर्ने  – छोरिज्वाइ वा छोरा बुहारी को साथमा आउनु पर्ने – नेपाली नागरिक भएको खुल्ने परिचय साथमा हुनुपर्ने छ।

चलचित्र महाजात्रामा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल लगायतका चर्चित स्टारकास्टको अभिनय रहेको छ भने चलचित्र महाजात्राको निर्देशन प्रदीप भट्टराईले गरेका हुन।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *