ईलाम उपनिर्बाचन : चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने एमालेको निर्णय

ताजा समाचार राजनीति

झापा — इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने भएको छ ।

जिल्ला सचिवालयको आज ९बुधबार०को बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलले आउँदो चैत ३ गतेसम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ । ‘उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले यही फागुन २७ सम्ममा आफ्नो व्यक्तिगत विवरणसहित कार्यदयमा इच्छा जाहेर गर्नेछन्,’ सचिव गुरुङले भने, ‘त्यसपछि चैत ३ सम्ममा कार्यदलले जिल्ला कमिटीमा उम्मेदवारको सूची पेस गर्नेछ, चैत ५ मा जिल्ला कमिटीले केन्द्रमा उम्मेदवार सिफारिस गर्नेछ ।’

एमाले केन्द्रीय समितिले जिल्लामा पठाएको अन्तरपार्टी निर्देशन ९अपानि०मा उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने उल्लेख छ । यसअघिका निर्वाचनमा पालिका र क्षेत्रीय समन्वय कमिटीमा समन्वय गरेपछिमात्रै जिल्लाबाट उम्मेदवार सिफारिस हुनेगरेकामा अहिले भने जिल्ला कमिटीले सोझै तीनजनाको नाम सिफारिस गर्ने अपानि रहेको सचिव गुरुङले बताए ।

उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्डसमेत एमालेले निर्धारण गरेको छ । यसअघि संसदीय निर्वाचनमा पराजित हुने व्यक्ति उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने, लोकप्रियता र पार्टीमा उसको योगदानलगायत मापदण्ड उम्मेदवारका लागि तय गरिएका छन् ।

एमालेमा उपनिर्वाचनका लागि उम्मेदवार हुनेको लर्को छ । नेताहरू बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी, दिवंगत नेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङ, डा।देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराईलगायतको नाम उम्मेदवारका लागि चर्चामा छ ।

बैठकले उपनिर्वाचनको स्वेतपत्र ९घोषणापत्र० तयार गर्न बुद्धिप्रसाद खनालको संयोजकत्वमा समिति गठन गरेको छ । उपनिर्वाचनमा कानुनी क्षेत्रको परामर्श र समन्वयका लागि सुधीर बोहोरा संयोजकत्वको समितिसमेत गठन गरिएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *