टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत

ताजा समाचार राजनीति

झापा — संसदमा प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी ९टीआरसी० विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् ।

शान्तिप्रक्रिया टुंगोमा पु¥याउन महत्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र, प्रमुख सत्तासाझेदार कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले सहमत भएका हुन् ।

आइतबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भएर टीआरसी विधेयकका विषयमा छलफल गरेका हुन् ।

सो क्रममा उक्त विधेयकलाई संसदमा अघि बढाउनन उनीहरु सहमत भएका हुन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नुअघि टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत भएका हुन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *