नवरात्रको छैटौं दिन :कात्यायनी देवीको पूजा गरिदै

ताजा समाचार समाज

झापा ।दसैंको छैटौं दिन शुक्रबार नवदुर्गाका नौवटा रूपमध्ये ‘कात्यायनी’ स्वरूपा दुर्गाको पूजाआराधना तथा दर्शन गरेर मनाइँदै छ।भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन ब्रजका गोपिनीले कात्यायनी देवीको आराधना गरेका थिए। तसर्थ उनको कृपाले अविवाहिताको यथाशीघ्र विवाह हुने धार्मिक मान्यता रहेको छ।

भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन ब्रजका गोपिनीले उनै कात्यायनी देवीको आराधना गरेका थिए। कात्यायनी देवीको पूजापाठको प्रभावलेअविवाहिताको यथाशीघ्र विवाह हुने र धर्म, अर्थ, काम तथा मोक्ष प्राप्त गर्न सकिने शास्त्रीय मान्यता छ। त्यस्तै, शास्त्रमा उमा, गौरी, काली, हेमावती वा ईश्वरीका नामले पनि उनका अनेकौं नाम उल्लेख गरिएको छ। उनमा काली र चण्डिका पनि निहित रहेको यजुर्वेदको तैत्तिरीय आरण्यकमा बताइएको छ।

कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ। उनलाई विशेष गरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता रहेको छ। यस दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *