नितेश जंग र सम्बृद्धीको प्रस्तुतीले नाच्नेछन Canberran

Share

अस्ट्रलिया, अन्नत अस्ट्रलियाको राजधानी Canberra मा NJK Vibe In The Capital हुने भएको छ । नितेश जंग कुवर र सम्बृद्धी राईको विषेश प्रस्तुती रहने उक्त कन्सर्ट यहि Feb 27 तारिक मंगलबार बेलुकी ५ बजेदेखि The Basement Canberra Belconnen मा हुने भएको छ ।

आयोजक Ay Events and Entertainment कि अजिना कार्कीले यस कार्यक्रममा उपस्थीत हुन Canberra मा रहनुभएका सबै नेपाली भाषीहरुलाई अनुरोध गर्नुभएको छ । Canberra मा रहेका नेपाली भाषीहरुलाई प्रतक्क्षरुपमा जोड्न अनि आफ्नो कला र संस्कृतीको प्रवन्धन र प्रोत्साहन गर्न यस्ता खाल्का कार्यक्रम आयोजना गरिएको आयोजक टिमकी अर्की सदस्य यमुना कंडेल बताउनुहुन्छ ।
अहिलेसम्म NJK Vibe In The Capital Concert को लागी करिब १०० भन्दा बढी टिकट बिक्री भैसकेको छ र कोहि छुट्नुभएको छ भने चाडै टिकट काट्न अनुरोध पनि आयोजक टिमले गरेको थियो भने कन्सटमा नितेश जंग कुबर, सम्बृद्धी राईका अलवा गन्तब्य बेन्डको विशेष प्रस्तुती रहने छ ।
कन्सटको कार्यक्रम सञ्चालन भने सन्जु के.सिले गर्नुहुनेछ। NJK Vibe In The Capital को टाइटल स्पोन्सर Success Education and Visa Service रहेको छ भने गोल्ड स्पोन्सरको रुपमा 909 IT Solution रहेको छ । कन्सटको मिडिया पार्टनरको रुपमा भने Avyukt Knowledge तथा हस्पिटालीटि पार्टनरको रुपमा भने The Hungry Buddha Belconen रहेको छ ।

दुई युवती भएर पहिलो चोटी यत्त्रो ठूलो कन्सट आयोजना गर्न लागेकोले सबैजनाले सहयोग गरेर कन्सट सफल बनाइदिनुहुन आयोजक टिमले सबैमा अनुरोध गरेको छ ।

ताजा समाचार