सुपर सिक्स खेल्नुअघि नै विश्वकपबाट बाहिरियो नेपाल

Share

झापा /दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ।

सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपाल विश्वकपबाट बाहिरिने पक्का भएको हो।

त्यसो त नेपालले सुपर सिक्सअन्तर्गत २ खेल खेल्ने तालिका छ। तर दुवै खेल जितेको खण्डमा पनि अंकविहीन नेपालको ४ अंक मात्र हुन्छ भने भारत र पाकिस्तानले ६र६ अंक जोडिसकेकाले नेपाल अब सुपर सिक्स खेलेर घर फर्कनुपर्ने भएको हो।

किनभने सुपरसिक्सको एउटा समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन्। नेपाल रहेको समूह १ बाट भारत र पाकिस्तान अघि बढ्ने सम्भावना बलियो छ। उनीहरूले तीनरतीन खेल जितेर ६र६ अंक बनाएका छन्।

बंगलादेशले २ खेलबाट २ र न्युजिल्यान्डले ३ खेलबाट २ अंक बनाएका छन् भने नेपालले २ र आयरल्यान्डले ३ खेल खेले पनि कुनै अंक जोडेका छैनन्।

भारतले सुपर सिक्सको खेलमा न्युजिल्यान्डलाई २ सय १४ रनले तथा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराएका थिए।

ताजा समाचार