गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

झापा/गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले आज प्रधानमन्त्री बालेन्द्र साहलाई भेटेर राजीनामा दिएका हुन्। उनी पछिल्लो समय शेयरका विषयमा विवादित बनेका थिए । उनीमाथि राजीनामाका लागि चौतर्फी दबाव बढिरहेको थियो । उनले आफूमाथि छानबिन हुनुपर्ने र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन्। ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् […]

Continue Reading

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

झापा/आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदैछ। कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदैछन्। नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने गरिन्छ। जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल […]

Continue Reading

यस्ता छन् मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

झापा/सरकारले संशोधन गर्न बनेको तीनवटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०८२ लाई संशोधन गर्न बनेको विधेयक, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न […]

Continue Reading

नेकपाका केन्द्रीय सदस्य माथि दिउँसै कुटपिट

झापा/नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विरेन्द्र बस्नेत माथि दिउँसै दमक बजारमा कुटपिट भएको छ । बस्नेतलाई दमकको गोरखा डिपार्टमेन्ट मा बोलाएर कुटपिट भएको हो । प्रहरीका अनुसार बिहान अन्दाजी ४ जनाको समूहले ‘काम छ’ भनी बस्नेतलाई दमक–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा बोलाएका थिए। बस्नेत त्यहाँ पुग्नासाथ उक्त समूहले एक्कासि अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्दै […]

Continue Reading

रास्वपाको बैठक जारी

झापा/राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठकका लागि ९ एजेन्डा तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए। केन्द्रीय कार्यालय वनस्थलीमा अपराह्न सवा ४ बजेदेखि बैठक शुरु भएको हो ।

Continue Reading

वैशाख १५ गतेदेखि विद्यालय सञ्चालनको तयारी

छापा /निजी विद्यालय सञ्चालकहरूले सरकारले बिनाकारण विद्यालय बन्द गरेर विद्यार्थीलाई बन्दी बनाइरहेको आरोप लगाएका छन् । सरकारले विद्यालय बन्द गराएर विद्यार्थी, अभिभावक र निजी विद्यालयको मात्रै नभई देशकै भविष्यमाथि खेलबाड गरेको उनीहरूको भनाइ थियो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन), नेसनल प्राइभेट एण्ड बोर्डिङ स्कुल्स अर्गनाइजेसन नेपाल(एन प्याब्सन) र उच्च विद्यालय तथा माध्यमिक विद्यालय […]

Continue Reading

सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब

झापा/सरकारी कर्मचारीले अब १५ दिनमै तलब-भत्ता पाउने भएका छन्। अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी कर्मचारीलाई १५-१५ दिनमै तलब र भत्ता उपलब्ध गराउन परिपत्र जारी गरेको हो वैशाख ४ गतेको निर्णयमा मासिक रूपमा दिइँदै आएको तलबलाई अर्धमासिकरूपमा भुक्तानी गर्ने परिपाटीको सुरुवात गर्ने उल्लेख छ।

Continue Reading

गुणस्तरीय शिक्षाको भरोसा योग्य गन्तव्य : ग्लोबल एजुकेशनल एकेडेमी

दमक/ झापाको दमक–६ मा अवस्थित ग्लोबल एजुकेशनल एकेडेमी स्थानीय शैक्षिक तथा सामाजिक व्यक्तित्वहरूको पहलमा स्थापित एक प्रतिष्ठित शैक्षिक संस्था हो । स्थापना कालदेखि नै यस विद्यालयले केवल पाठ्यपुस्तकमा सीमित शिक्षा होइन, सुसंस्कृत, सक्षम र जिम्मेवार नागरिक निर्माणलाई आफ्नो मूल उद्देश्य बनाउँदै आएको छ ।विद्यालयले आधुनिक शिक्षा, नैतिक संस्कार, सामाजिक चेतना र व्यवहारिक सीपलाई समेट्दै विद्यार्थीको […]

Continue Reading

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

झापा /सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने […]

Continue Reading

एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज, शल्यक्रिया सफल

झापा/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। नेकपा एमाले का अध्यक्ष ओलीको पत्थरीको सफल शल्यक्रिया पछि साँझ अस्पतालबाट घर फर्किएको उनको सचिवालयले जनाएको छ। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

Continue Reading