कमल गाउँपालिकामा पोषण अभिमुखिकरण कार्यक्रम सुरु

ताजा समाचार मुख्य समाचार स्वास्थ्य

दमक/कमल गाउँपालिकामा राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पोषण तालिम तथा अभिमुखिकरण कार्यक्रम सुरु भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख उपस्थितिमा गरिएको हो।
बालबालिकाको पोषण अवस्था सुधार, कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष तिवारीले पोषणलाई मानव विकासको आधारभूत आधारका रूपमा व्याख्या गर्दै स्थानीय तहबाट सञ्चालन हुने यस्ता कार्यक्रमले दिगो स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्थालाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।


स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विष्वनाथ श्रेष्ठले प्रशिक्षकको रूपमा सहजीकरण गर्दै कुपोषणको पहिचान, वर्गीकरण, उपचार व्यवस्थापन, पोषण परामर्श तथा अभिलेख व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण दिइरहनुभएको छ।
कार्यक्रम स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भइरहेको छ र भोलिसम्म जारी रहने जनाइएको छ।
यसैबीच, बैशाख १५ गतेदेखि ३० गतेसम्म कमल गाउँपालिकाभर पोषण लेखाजोखा (स्क्रिनिङ) अभियान सञ्चालन गरिने भएको छ। अभियान अन्तर्गत घरदैलो तथा स्वास्थ्य संस्थामार्फत बालबालिकाको तौल, उचाइ र उमेरअनुसार पोषण अवस्था मूल्याङ्कन गरी कुपोषण जोखिममा रहेका बालबालिकाको पहिचान गरिनेछ। साथै आवश्यक परामर्श, उपचार तथा अनुगमन प्रक्रिया पनि अगाडि बढाइने स्वास्थ्य शाखाले जनाएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *