यस्ता छन् मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

ताजा समाचार मुख्य समाचार

झापा/सरकारले संशोधन गर्न बनेको तीनवटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०८२ लाई संशोधन गर्न बनेको विधेयक, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो।

यसैगरी बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्याय र भुवन कुमार दाहाल काठमाडौं सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्य तथा सदस्य पदमा नवराज सिम्खडा एवं रोशन बहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय गरेको हो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *