विश्वस्तरीय जनशक्ति तयार गर्ने आफ्‌नै शैक्षिक संस्था प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट

Share

दमक/ झापाको दमकमा अवस्थित प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट छोटो समयमै विद्यार्थी र अभिभावकहरूको मन जित्न सफल एक अग्रणी शैक्षिक संस्था हो। आधुनिक शिक्षा प्रणाली र जीवनउपयोगी सीपमा केन्द्रित यस कलेजले हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।

सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा

यहाँ अनुभवी तथा दक्ष अध्यापकद्वारा सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक सीपमा विशेष जोड दिइन्छ । होटल व्यवस्थापनका वास्तविक अभ्यास, किचेन तथा सेवा सम्बन्धी तालिम, ग्राहक सेवा जस्ता गतिविधिबाट विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रका लागि तयार गरिन्छ ।

अनुभवी शिक्षक, उत्कृष्ट मार्गदर्शन

कलेजमा अनुभवी र दक्ष शिक्षक–शिक्षिकाहरूको टोली रहेको छ, जसले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्छन् । नियमित रूपमा विज्ञहरूबाट प्रशिक्षण र मार्गदर्शन दिइने भएकाले विद्यार्थीको सिकाइ अझ प्रभावकारी बन्छ ।

स्तरीय पूर्वाधार र सुविधा

प्रिमियर कलेजमा आधुनिक र सुविधासम्पन्न पूर्वाधार उपलब्ध छ, जसले सिकाइलाई सहज र प्रभावकारी बनाउँछ । प्रायोगात्मक कक्षाहरूका लागि व्यवस्थित ल्याब, आरामदायी कक्षाकोठा, सीप विकास केन्द्रित वातावरणका कारण विद्यार्थीहरुले सहजै ज्ञान, शिक्षा र अभ्यास एकैसाथ लिन सक्छन् ।

स्वदेश र विदेशमा रोजगारीको अवसर

हस्पिटालिटी म्यानेजमेन्ट अध्ययन गरेपछि विद्यार्थीहरूले स्वदेशमै होटल, रेस्टुरेन्ट, पर्यटन क्षेत्रमा काम, विदेशमा आकर्षक रोजगारी

अन्तर्राष्ट्रिय करियरको अवसर सहजै प्राप्त गर्न सक्छन् । तर यो कलेजले विद्यार्थीलाई केवल जागिरका लागि होइन, आफैं उद्यम गर्न सक्ने क्षमता विकासमा पनि केन्द्रित गर्ने छ । यस्तै रेस्टुरेन्ट, क्याफे, रिसोर्ट, होमस्टे जस्ता व्यवसाय सञ्चालन गर्न सक्ने सीप यहाँ सिकाइने भएकाले अध्ययन पश्चात आँफै उद्यमी बन्न पनि नयाँ क्षितिज उघारिने छ ।

एसईई पछि विषय र कलेज छनोटमा अन्योल हुनु स्वाभाविक हो । तर भविष्य सुरक्षित, सीपमूलक र अवसरले भरिएको करियर चाहनेका लागि प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट, दमक एक उत्कृष्ट र विश्वासिलो गन्तव्य हो ।

हस्पिटालिटी म्यानेजमेन्टनै किन ?

१. विश्वभर काम गर्ने अवसर

हस्पिटालिटी पढेपछि तपाईं होटल, रेस्टुरेन्ट, एयरलाइन्स, क्रुज, इभेन्ट म्यानेजमेन्ट जस्ता क्षेत्रमा काम गर्न सक्नुहुन्छ ।

पर्यटन बढ्दो उद्योग भएकाले नेपालदेखि विदेशसम्म अवसर खुला हुन्छ ।

२. छिटो रोजगारी पाउने सम्भावना

अन्य विषयमा जस्तो लामो समय कुर्नु पर्दैन। सीप आधारित भएकाले पढ्दै गर्दा नै इन्टर्नशिप र पार्ट–टाइम काम पाइन्छ ।

३. व्यवहारिक शिक्षा

यो विषय कक्षामा मात्र सीमित हुँदैन, खाना बनाउने, ग्राहकसँग व्यवहार गर्ने, होटल सञ्चालन गर्ने जस्ता सीप प्रत्यक्ष सिक्न र व्यवहार, पेशा र उद्यममा समेत जोड्न सहज हुने छ ।

४. व्यक्तित्व विकास

यसले तपाईंलाई आत्मविश्वासी, शिष्ट (उचयाभककष्यलब)ि, राम्रो कम्युनिकेशन स्किल भएको बनाउन पनि सहयोग गर्ने छ ।

५. आफ्नै व्यवसाय सुरु गर्न सकिने

रेस्टुरेन्ट, क्याफे, होमस्टे, रिसोर्ट जस्ता व्यवसाय आफैं खोल्न सकिन्छ भने नेपालमा पर्यटन बढ्दै जाँदा यो निकै सम्भावनायुक्त छ ।

ताजा समाचार