एसईईमा सहभागी हुने बिद्यार्थीका लागि आवेदन खुल्ला

झापा/राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षाा (एसईई ) परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि आवेदन फाराम खुलाएको छ।  बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज सूचना प्रकाशित गरी परीक्षामा सहभागी हुन एक महिनाभित्र फाराम भर्न आह्वान गरेको हो। प्रति परीक्षार्थी परीक्षा दस्तुर ५०० रुपैयाँ सहित शुक्रबारदेखि माघ १२ गतेसम्म फाराम भर्न सकिने कार्यालयले जनाएको छ ।  तोकिएको […]

Continue Reading

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

झापा । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागु गर्न लागेको हो । यसैवर्षदेखि लागू हुने गरी लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही […]

Continue Reading

दमक प्याब्सनको अध्यक्षमा नविन योगी सर्वसम्मत

दमक/नीजि विद्यालयको संगठन प्याब्सन दमकको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नविन योगीको नेतृत्वमा समिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा मित्र खत्री, सचिवमा लक्ष्मी नेपाल, सहसचिवमा बिनोद बुढाथोकी, कोषाध्यक्षमा एलिजा सिटौला, सहकोषाध्यक्षमा यमुना कार्की रहेका छन् । यस्तै सदस्यहरुमा माधव भट्टराई, सागर सुब्बा, दीपेन्द्र पौडेल लगायत चयन भएका थिए ।अधिवेशन उद्घाटनका अवसरमा प्याब्सनका केन्द्रीय […]

Continue Reading

स्नातक तहका प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने

झापा ।त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिनेभएको छ ।त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बिद्या भट्टराईलाई सो निर्णयबारे सोमबार जानकारी गराएको छ । निर्णयअनुसार यसअघिको मन्त्रालयको पत्रमा उल्लेख गरिएअनुसारको पहिलो चरणमा शिक्षाशास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक […]

Continue Reading

विद्यालय तीन दिन बन्द

झापा ।वर्षा र बाढीको प्रभाव बढेपछि मुलुकभरका शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ । साथै विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आइतबारको परीक्षा पनि स्थगित गरिएको छ । विश्वविद्यालयले सञ्चालन गर्ने सोमबारदेखिको परीक्षा भने सम्बन्धित विश्वविद्यालयले नै मौसमको अनुकूलता हेरेर सञ्चालन गर्न सक्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो । मन्त्री […]

Continue Reading

प्रकाश पराजुलीको अध्यक्षतामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गौरादह गठन

झापा। झापाको गौरादह नगरपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ गठन भएको छ ।गौरादह नगरपालिका भरिका सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको भेलाले प्रकाश पराजुलीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिएको हो। जसको उपाध्यक्षमा राजकुमार अधिकारी ,सचिवमा सुर्यभक्त सिटौला र कोषाध्यक्षमा गंगा अधिकारी चयन भएका छन।त्यस्तै सदस्य हरुमा निर्मल कुमार बास्तोला,दामोदर घिमिरे ,कृष्ण राज दाहाल ,बुद्धि […]

Continue Reading

हल्दीवारीका विद्यालयमा प्रहरीको पुस्तक पढाई हुने

झापा ।झापाको हल्दीवारीका विद्यालयहरुमा प्रहरीको पुस्तक अनिवार्य रुपमा पठनपाठन गराइने भएको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाडौले तयार पारेको “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम” पुस्तकलाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य पठनपाठन गराइने भएको हो । जसका लागि आज त्रि–पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

कक्षा १२ को नतिजा सार्वजनिक,यसरी हेर्नुहोस नतिजा

झापा /कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमित तर्फ करिब चार लाख परीक्षार्थी सहभागी थिए । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । यसरी हेर्न […]

Continue Reading

एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म

झापा ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको ग्रेड वृद्धि अर्थात पुरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट ग्रेड वृद्धि अर्थात पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । साउन २३ […]

Continue Reading

एसईई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

१२ असार काठमाडौ ।यस बर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना […]

Continue Reading