प्रकाश पराजुलीको अध्यक्षतामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गौरादह गठन

ताजा समाचार शिक्षा हाम्रो झापा

झापा। झापाको गौरादह नगरपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ गठन भएको छ ।गौरादह नगरपालिका भरिका सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको भेलाले प्रकाश पराजुलीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिएको हो।

जसको उपाध्यक्षमा राजकुमार अधिकारी ,सचिवमा सुर्यभक्त सिटौला र कोषाध्यक्षमा गंगा अधिकारी चयन भएका छन।
त्यस्तै सदस्य हरुमा निर्मल कुमार बास्तोला,दामोदर घिमिरे ,कृष्ण राज दाहाल ,बुद्धि राज निरौला,सीता गुरुङ र तुलसा घिमिरे चयन भएका छन। त्यस्तै
जिल्ला प्रतिनिधिमा प्रबिण बस्नेत र प्रदेश प्रतिनिधि मदन प्रसाद अधिकारी चयन भएको अध्यक्ष पराजुलीले जानकारी दिए।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ कोशी प्रदेश अध्यक्ष हरि कार्की जिल्ला अध्यक्ष बुद्धिमान कार्की लगायतको उपस्थित गरेको थियोे ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले सामुदायिक बिद्यालय शिक्षाको गुणस्तर माथी लान महासंघले काम गर्नु पर्ने बताए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *