मोरङको सन्थाल बस्तीमा आगलागी,२० वटा घर जलेर नष्ट

झापा-मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी भएको छ। आगलागीबाट उक्त टोलका २० वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। शनिबार दिउँसो अढाई बजेतिर आगलागी हुँदा सन्थाल समुदायका २३ परिवारका २० वटा घर जलेर नष्ट भएको हो। बाक्ला घर भएका कारण धेरै वटा घर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ। फुसका […]

Continue Reading

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम

झापा —सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि […]

Continue Reading

पेट्रोल र डिजेलको मूल्य घट्यो (मूल्यसूचिसहित)

झापा — पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पेट्रोल एक रूपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ घटाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ […]

Continue Reading

मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको एमालेको दाबी,राजिनामा दिन आग्रह

झापा — नेकपा ९एमाले० कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन आग्रह गरेको छ । एमाले दलको तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले सरकारबाट राजीनामा दिन आलटाल गरे आफूहरुले आवश्यक कदम चाल्ने चेतावनी पनि दिए । ‘यो सरकार राजनीतिक […]

Continue Reading

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम स्थगित

झापा-सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सम्झौता भएको छ । अर्थ मन्त्रलयमा आज भएको सम्झौतापछि पीडितहरूले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन् । लघुवित्त नाफामुखी भएको भए कानुनी सुधार गर्ने पनि सहमति भएको छ ।लघुवित्तमा भएका समस्याको सुधारका लागि राष्ट्र बैंकले काम गर्ने सहमति भएको छ । सरकारले लघुवित्तपीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव […]

Continue Reading

विराटनगरको नोबेलमा कार्यरत एक स्टाफ नर्सको हत्या

झापा —मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ । दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो । यस […]

Continue Reading

पूर्वसभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

झापा -सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि […]

Continue Reading

भारतको सिलगुडीमा रेल दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु

झापा : भारतको सिलगुडीमा रेल दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका–५ निवासी अन्दाजी ५० वर्षीय विष्णु शर्मा रहेको जनाइएको छ ।  शर्मा लक्ष्मी नारायण मन्दिरका पुजारी थिए । उनी गत बुधबार काम विशेषले सिलगुडी गएका थिए । घर फर्किनका लागि उनी दिउँसो सवा २ बजे सिलगुडी जक्सन पुगेका […]

Continue Reading

झापाबाट काठमाडौं जाने रात्रि बसमा एकद्वार प्रणाली

झापा-पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन्। एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात कम्पनीको अलगअलग बुकिङ काउन्टर सञ्चालन हुँदै आएको थियो । कम्पनीपिच्छे बुकिङ काउन्टर हुँदा यात्रु तानातान र व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको थियो। यस्तो अवस्थालाई […]

Continue Reading

झापामा एक महिनाभित्र १०६ जना फरार प्रतिवादी पक्राउ

झापा — झापामा एक महिनाभित्र १०६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको जिल्ला प्रहरी कार्यालय झापाले फागुन महिनामा त्यति धेरै फरार प्रतिवादी पक्राउ गरेको हो । अदालतहरुबाट विभिन्न मितिको फैसला अनुसार फरार रहेका प्रतिवादीहरुमध्ये फागुन महिनाभित्र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले १०६ […]

Continue Reading