धरानमा छोराको कुटपिटबाट आमाको ज्यान गयो

ताजा समाचार

झापा-सुनसरीको धरानमा छोराको कुटपिटबाट आमाको निधन भएको छ । धरान ११ कुबिर्ता चोक नजिकै महाबिर चोकका २९ वर्षीय दीपक राईले आफ्नी आमा ४६ वर्षीय रोमनसरी राईलाई कुटपिट गरेका थिए ।

हिजो सोमवार राती साढे ८ बजेको समयमा आमा-छोरा बिच झगडा हुँदा गरिएको कुटपिटबाट रोमन्सरी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको क्रममा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुराएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

छोरा दीपक लागूपदार्थ र मादकपदार्थ सेवन गरी आमालाई कुटपिट गरेको कारण मृत्यु भएको प्रहरीको भनाई छ । दिपकलाई सोमबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई अनुसन्धानका लागि म्याद थप गर्न आज मङ्गलबार सुनसरी जिल्ला अदालत लैजाने तयारी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

मृतकका श्रीमान् राम बहादुर राईले छोरा दिपकलाई कर्तव्य ज्यानमा निवेदन दर्ता गराएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रजन मिश्रले बताए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *