इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

ताजा समाचार देश निर्वाचन

झापा- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य उप निर्वाचनको मिति तोकेको छ । इलाममा रिक्त एक प्रतिनिधिसभा सदस्य र बझाङमा रिक्त प्रदेशसभा सदस्य एक पदका लागि आगामी वैशाख १५ गते उपनिर्वाचन मिति तोकिएको आयोगले जनाएको छ ।

‘आइतबार बसेको निर्वाचन अयोगको बैठकले २०८१ वैशाख १५  गते शनिबार ति दुई क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो,’ आयोगले भनेको छ ।  

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व संविधानसभा अध्यक्ष सुभास नेम्वाङको निधन पछि सो पद रिक्त भएको थियो । यस्तै, बझाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं  १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वी बहादुर सिंहको निधन भई पछि सो पद रिक्त थियो । 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *