सुनको मूल्यमा नयाँ कीर्तिमान

झापा /नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ५० हजारको रेकर्ड चुमेको छ । अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेको हो ।  अघिल्लो दिन भने प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको […]

Continue Reading

सुनको भाउ अहिलेसम्मकै उच्च,कतिमा भईरहेको छ कारोबार ?

झापा । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँ थियो । यसअघि सुनको भाउ यही साउन २ गते अहिलेसम्मकै […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य घट्यो

झापा/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ । […]

Continue Reading

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

झापा /नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन १ लाख ४५ हजार ७०० र तेजाबी सुन १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७०० र तेजाबी सुन १ लाख ४४ हजार रुपैयाँमा […]

Continue Reading

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

झापा /नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । त्यसअघि राष्ट्रबैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो । गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको सञ्चिति बढेको र वित्तीय संस्थाहरुमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताएका छन् । उनले देशको वर्तमान अवस्थालाई विश्लेषण […]

Continue Reading

सरकारद्धारा धानको समर्थन मूल्य निर्धारण

झापा ।सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ ५१ पैसा तोकेको छ। यस्तैगरी मध्यम धानको समर्थन मूल्य ३५ सय ८० रुपैयाँ ६२ पैसा तोकेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।यसअघि गत चैतमा […]

Continue Reading

पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि

झापा । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र डिजेलमा रु पाँचले वृद्धि गरिएको आयल निगमले जनाएको छ ।निगमको सूचना अनुसार सोमबार बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको मूल्य […]

Continue Reading

दमक नगरपालिकाको बजेट एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार

१० असार, दमक । झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगर सभाको १५ औ अधिवेशनमार्फत नगरपालिकाले नगरले नीति तथा कार्यक्रमसहितको वजेट ल्याएको हो ।नगर सभामा उपप्रमुख रेगिना भट्टराई प्रसाइँले बार्षिक नीति कार्यक्रमसहितको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक बर्ष २०८१ ०८२ का लागि एक अर्ब ६२ करोड ७७ […]

Continue Reading

कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

१ असार,झापा । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ । शनिबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कमको बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् । चालू आर्थिक वर्षका लागि कोशी सरकारले ३६ अर्ब ७४ करोडको बजेट ल्याएको […]

Continue Reading

अरूण–३ जलविद्युत् आयोजनाको सुरूङमार्ग ब्रेक थ्रु

झापा । संखुवासभामा निमार्णाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरूङ मार्गको “ब्रेक थ्रु” भएको छ । फ्याक्सिन्दा ड्यामसाइडदेखि दिदिङमा निर्माण हुने विद्युत् गृहसम्म पानी पु¥याउन ११ दशमलव ७८ किलोमिटर सुरुङ मार्ग निर्माण गरिएको हो ।  अरूण–३ जलविद्युत् परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जा क्षेत्रको प्रवद्र्धनका लागि सरकारले नयाँ […]

Continue Reading