सरकारद्धारा धानको समर्थन मूल्य निर्धारण

आर्थिक ताजा समाचार

झापा ।सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ ५१ पैसा तोकेको छ। यस्तैगरी मध्यम धानको समर्थन मूल्य ३५ सय ८० रुपैयाँ ६२ पैसा तोकेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यसअघि गत चैतमा सरकारले पहिलोपटक चैते धानको समर्थन मूल्य तोकेको थियो। चालु आवका लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७०७ रुपैँया २८ पैसा निर्धारण गरिएको थियो।
चालु आवमा देशभर कुल १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। जसमध्ये १३ लाख ३४ हजार २७७ हेक्टर क्षेत्रफलमा वर्षे धान र १ लाख ४ हजार ७१२ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *