दमक नगरपालिकाको बजेट एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार

आर्थिक ताजा समाचार हाम्रो झापा

१० असार, दमक । झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगर सभाको १५ औ अधिवेशनमार्फत नगरपालिकाले नगरले नीति तथा कार्यक्रमसहितको वजेट ल्याएको हो ।
नगर सभामा उपप्रमुख रेगिना भट्टराई प्रसाइँले बार्षिक नीति कार्यक्रमसहितको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक बर्ष २०८१ ०८२ का लागि एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट पेश गर्नुभएको छ । सो बजेट अंक चालू आर्थिक बर्ष २०८०र०८१ को तुलनामा ८।७२ प्रतिशतले बढी हो ।
बजेटमार्फत दमकको अस्तित्व, बढाउँछ सुरक्षित मातृत्व भन्ने नीति अंगिकार गर्दै सुरक्षित मातृत्व बिकासको कार्यक्रम सञ्चालन गरिने उपप्रमुख भट्टराईले उल्लेख गर्नुभयो । सोही अन्तर्गत विपन्न, दलित, असहाय तथा अपाङगता भएका व्यक्तिहरुबाट नियमानुसार जन्मदर्ता गराइएका बालबालिकाहरुलाई एक पटकका लागि बैंक खाता खोल्न ४ हजार रुपैयाँ एकमुष्ट रकम उपलब्ध गराइने छ ।
त्यस्तै उपमेयर सुरक्षित महिनावारी कार्यक्रम सञ्चालन गर्ने, आमा तथा बच्चाको स्वास्थ्य सुरक्षित गराउन पोट्रोकल अनुसारको गर्भजाँच कार्यक्रम सञ्चालन गरिने, मोतिया विन्दुको समस्या भएका बिरामीको उपचार निशुल्क गर्ने कार्यक्रम पनि नगरले ल्याएको छ । १० बर्ष सेवा गरि निवृत्त हुने महिला स्वास्थ्य स्वयंसेविकालाई दिइँदै आएको ८० हजार रुपैयाँलाई बढाएर एक लाख बनाउने प्रस्ताव गरिएको छ ।
बिद्यालयमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न हरेक बिद्यालयमा एक जना स्वास्थ्य फोकल पर्सन तोक्ने, बिद्यालय नर्सको उचित व्यवस्थापन गरी स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, दमक अस्पतालको ल्याब सेवालाई थप विश्वसनिय बनाउन आइएसओ प्रमाणित प्रयोगशाला स्थापना गर्ने, सेवाग्राहीको चाप व्यवस्थापन गर्न टोकन सिस्टमलाई थप व्यवस्थित बनाउँदै लैजाने उल्लेख गरिएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *