सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख […]

Continue Reading

विपद्का कारण देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

झापा । अविरल वर्षासँगै निम्तिएको विपद्का कारण विभिन्न जिल्लामा ठूलो मात्रामा जनधन क्षति भएको छ । बाढीपहिरो र डुबानबाट गएरातिसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् । सडक, पुल, विद्युतलगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ । सरकारले वर्षासम्बन्धी […]

Continue Reading

एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब बढी रेमिट्यान्स

झापा ।आर्थिक वर्ष २०८१र८२ को पहिलो महिनामा रेमिट्यान्समा अघिल्लो वर्षको तुलनामा निकै सुधार देखिएको छ । साउन महिनामा मात्र रेमिट्यान्स आप्रवाह १८।० प्रतिशतले वृद्धि भई १ अर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार आर्थिक वर्ष २०८१र८२ को पहिलो महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको […]

Continue Reading

स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक

१० भदौ,भदौ ।निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाकाअनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा […]

Continue Reading

स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

झापा।आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ । असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ताको कार्यक्रम छ ।निर्वाचन आयोगले आज सूचना जारी गरी राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ताको निवेदन दिन अनुरोध गरेको छ ।

Continue Reading

दशैंको अग्रिम टिकट बुकिङ १२ असोजदेखि खुला गरिने

दमक ।दशैंका लागि आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ ।नेपाल यातायत व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात व्यवस्था विभागबीच आज भएको छलफलमा आगामी शनिवारबाट अग्रिम बुकिङ्ग खुलाउने लगायतका विषयमा सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

Continue Reading

दमकमा करेन्ट लागेर एकजनाको मृत्यु

८ भदौ दमक ।झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।मंगलबार सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर इलाम जिल्ला महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका– ८ मा डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार मंगलबार बिहान करिब साढे ९ बजेको समयमा आफ्नै […]

Continue Reading

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ 

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले उनको निवासबाटै नियन्त्रणमा लिएको छ। साइबर अपराधको मुद्दामा प्रहरीले उनलाई आइतबार दिउँसो निवास भक्तपुरबाटै पक्राउ गरेको हो। प्रसाईंविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गतसाता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। प्रसाईंविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै रास्वपाकी […]

Continue Reading

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे। म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए। बतासेको खर्कबाट गत हप्ता थासाङ–३ लेतेमा भेडागोठ झारेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले बढ्दो विदेश र सहरमोहले घुम्ती गोठमा […]

Continue Reading

विजया दशमीको शुभसाइत ११:३६ मिनेटमा

काठमाडौं ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११:३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८:३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले  जानकारी दिए । विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए । यस वर्षको नवरात्र अर्थात् दसैँ यही असोज १७ […]

Continue Reading