८ भदौ दमक ।झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मंगलबार सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर इलाम जिल्ला महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका– ८ मा डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब साढे ९ बजेको समयमा आफ्नै टाँडे घरको भुइँतलामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भई उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



