पढाइ र भर्ना अभियान सँगसँगै अघि बढाउँदै विद्यालय

झापा/शैक्षिक हड्ताल र आन्दोलनको चपेटामा अलमलिएको विद्यार्थी भर्ना अभियान अब पठनपाठनसँगै तीव्र गतिमा अघि बढिरहेको छ। सरकारले वैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो । तर, सोही समयमा शिक्षकहरूले शैक्षिक हड्तालसँगै सडक आन्दोलन गरेपछि विद्यार्थी भर्ना अभियान प्रभावित बनेको थियो । आन्दोलनरत शिक्षकहरूसँग सरकारले वैशाख १७ गते ९ बुँदे सहमति गरेपछि […]

Continue Reading

पाकिस्तानमा भारतको हवाई आक्रमण

नयाँ दिल्ली – भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमणमा भएको जनाएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण भएको दाबी गरेको छ । भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गरेको हो । यो हवाई […]

Continue Reading

राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती

झापा /चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा राजस्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा निकै कमजोर देखिएपछि सङ्घ सरकारले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ ।यसअघि सङ्घ सरकारले यो शीर्षकमा प्रदेश र स्थानीय तहमा जाने तेस्रो किस्तावापतको अनुदान पनि कटौती गरेको थियो ।अर्थ मन्त्रालयले यही वैशाख १६ गते महालेखा […]

Continue Reading

पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन

झापा/ वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन्स रोगबाट पीडित नेपालको उपचारका क्रममा आज दिउँसो काठमाण्डौको थापाथालीमा रहेको नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ७१ वर्षीय नेपाल लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्थ्यो । केही दिनअघि अस्पताल भर्ना भए पनि आज उहाँलाई आईसीयूमा सारिएको थियो । नेता नेपाल […]

Continue Reading

झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ घाईते

दमक /झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाघाईते भएका छन् ।पूर्बपश्चिम राजमार्गअन्र्तगत झापाको दमक–केर्खा सडकखण्डअन्तर्गत सितापुरीमा टिप्पर र कार ठोक्किदा ३ जना घाईते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विवाहको कार र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपर आपसमा ठोक्किँदा दुर्घटना भएको हो। सोही दुर्घटनामा एक मोटरसाइकल पनि संलग्न भएको पुष्टि भएको छ।प्रारम्भिक विवरण अनुसार, मोटरसाइकलमा सवार […]

Continue Reading

आजदेखि कक्षा १२ को परीक्षा÷५ लाख ११ हजार परीक्षार्थी सहभागि हुदै

झापा /आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ ।देशभरका परीक्षा केन्द्रमा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र […]

Continue Reading

विश्व प्रेस स्वतन्त्रता दिवस:झापाका राजनीतिक दलले गरे ५ बुँदे साझा प्रतिवद्धता

झापा/झापाका राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि साझा प्रतिबद्धता गरेका छन् । मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित ’प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिबद्धता’ विषयक अन्तर सम्वादमा सहभागी राजनीतिक दलहरुले झापा साझा प्रतिवद्धता जनाएका हुन् ।बिर्तामोडमा आज आयोजित कार्यक्रममा झापाका १० वटा राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि ५ […]

Continue Reading

नेपालमा मिडियामाथि बढ्दो खतरा’ बार्षिक प्रतिवेदन सार्वजनिक

झापा /विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्व सन्ध्यामा मिडिया एक्सन नेपालले ’त्रासदेखि दण्डहीनतासम्मः नेपालमा मिडियामाथि बढ्दो खतरा’ शीर्षकको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदन आज काठमाण्डौमा आयोजित एक समारोहबिच सार्वजनिक गरेको छ।मे ४, २०२४ देखि मे १, २०२५ सम्मको अवधिमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिका उल्लंघनका घटनाहरू समेटिएको प्रतिवेदन मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी […]

Continue Reading

कोशी लगानी सम्मेलनमा ४६ परियोजमा हस्ताक्षर,१ खर्ब ५२ अर्ब लगानीको प्रतिबद्धता

झापा /कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा रु एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनाका लागि सम्झौता भएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन– २०२५’को आज समापन कार्यक्रममा विभिन्न ४६ परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा प्रदेश लगानी प्राधिकरणका प्रमुख […]

Continue Reading

कोशी लगानी सम्मेलन नेपालको विकासका लागि कोशेढुंगा : मन्त्री दाहाल

झापा/भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कोशी प्रदेशमा आयोजना गरिएको लगानी सम्मेलन नेपालकै विकासका लागि कोशेढुंगा सावित हुने बताउनु भएको छ ।लगानी सम्मेलनको दोश्रो दिनको शत्रमा आफ्नो विचार व्यक्त गर्दै मन्त्री दाहाले कोशी प्रदेशमा लगानीका लागि आवश्यक र उपयुक्त क्षेत्रहरु प्रशस्त रहेको बताउनुभयो । नेपालको औद्योगीकरणको जग बसालेको कोशी प्रदेशमा उद्योग, कृषि, पर्यटन, यातायात […]

Continue Reading