झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ घाईते

ताजा समाचार स्थानिय


दमक /झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाघाईते भएका छन् ।
पूर्बपश्चिम राजमार्गअन्र्तगत झापाको दमक–केर्खा सडकखण्डअन्तर्गत सितापुरीमा टिप्पर र कार ठोक्किदा ३ जना घाईते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विवाहको कार र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपर आपसमा ठोक्किँदा दुर्घटना भएको हो। सोही दुर्घटनामा एक मोटरसाइकल पनि संलग्न भएको पुष्टि भएको छ।प्रारम्भिक विवरण अनुसार, मोटरसाइकलमा सवार एक जना र कारमा रहेका दुई जना यात्रु सामान्य घाइते भएका छन्। घाइतेहरूलाई दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ भने स्थानीय प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको बताइएको छ।
झापाको दमकमा टिपरको ठक्करबाट एक महिला गंभीर घाइते भएकी छन् ।आज बिहान ९ः१० बजे दमक नगरपालिका वडा न.५ लिङदेन मार्गस्थित पूर्वपश्चिम लोकमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश न.१–०२–००१ क ५२१९ नम्बरको टिपरले पैदलयात्री महिलालाई ठक्कर दिदा पैदलयात्री गौरादह नगरपालिका वडा न.४ बस्ने ४८ वर्षीया सिता बर्देवा
घाईते भएकी हुन् ।टाउको र बाँया खुट्टामा गम्भीर चोट लागेकी
उनको निम्स अस्पतालमा उपचार भईरहेको छ । दमक पठाइएको छ । दुर्घटनापछि टिपर चालक फरार भएकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै आज बिहान अन्दाजी ७ बजे दमक नगरपालिका वडा न.९ अर्नाखाडीमा चिया दोकानबाट अर्नाखाडीतर्फ जाँदै गरेको मे १ क ७८४ नम्बरको टिपरको ढोकाबाट झरेर चालक दमक नगरपालिका वडा न.१ बस्ने ५५ वर्षीय निमा शेर्पा गंभीर घाइते भएका छन् । ढाँड र टाउकोमा चोट लागेका घाइतेको आम्दा अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *