झापा ।
भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको छ । झापाको प्रहरी चौकी तिरिङ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङबाट खटिएका संयुक्त टोलीले बिहीबार बिहान ६ बजे मेचीनगर नगरपालिका (१ स्थित भालुखोपबाट उक्त मुल्य बराबरको कपडा बरामद गरेको हो ।
भन्सार छलेर भित्राइएको १० वटा बोराभित्र पर्दा कपडा १ हजार ७५८ पिस र मोजा ३७८ पिस रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । बरामद गरिएको कपडा मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



