दमक/ झापाको गौरादह नगरपालिका वडा नं. ५ स्कुलचौन बजारबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका जुवाडेहरुको अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज म्याद थप गरेको हो ।
प्रहरीले शनिवार राती ९ बजे भरत कार्कीको घरमा सञ्चालित सत्कार होटलबाट १६ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसमध्ये १० जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।
३८ वर्षीय दिलबहादुर मगरले सञ्चालन गरेको होटल सत्कारबाट पक्राउमध्ये सञ्चालक मगरसहित रास्वपा गौरादहका सभापति जगत अधिकारी, युवराज खड्का, भरत कार्की, हृदयराज सुवेदी, टंक प्रसाद बराल, तुलाराम फुँयाल, केदार कुमार मगर, नवराज भट्टराई, रोशन खत्रीको थप अनसन्धानका लागि म्याद थप भएको झापाका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
गोप्य सूचनाका आधारमा इप्रका दमकबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट १ लाख ११ हजार ४१० रुपैयाँ र ३ बुँङ तास बरामत गरिएको थियो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



