झापा/नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ। केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।
बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।
प्रधानमन्त्री शाहले आफूले पद तथा गोपनीयताको शपथ लिएपछि १५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।
सरकारले गर्ने केही महत्त्वपूर्ण कामबारे मन्त्रिपरिषद्बाट निर्णय लिइने बताइएको छ ।
Share
