एमाले बिर्तामोडको अध्यक्षमा सुवास भट्टराई निर्वाचित

ताजा समाचार राजनीति हाम्रो झापा


झापा ।
नेकपा एमाले बिर्तामोडको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् ।
उनले अध्यक्षका अर्का उम्मेदवार शेखर कडेललाई ६९ मतान्तरले जितेका छन् । भट्टराईले २६८ र कडेलले १९९ मत प्राप्त गरेका छन् ।
उस्तै, उपाध्यक्षमा मदन बुढाथोकी ३२३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार राहुल शर्माले १३४ मत प्राप्त गरे ।

सचिवमा अम्बिका लिङदेन २३८ मत सहित निर्वाचत भएका छन् भने अर्का उम्मेदवार लक्ष्मी बाँस्कोटाले २१० प्राप्त गर्दै पराजित भएका छन् । उपसचिवमा गंगालाल राजवंशी २२२ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका प्रतिष्पर्धी हिमाल कन्दङवा २ मतले पराजित भए । यस्तै, महिला उपचिवमा डिल्लीमाया आयार्य २५४ मतसहित निर्वाचित भइन् भने उनको प्रतिष्पर्धी चन्द्रकला पकुवाल संग्रौलाले १७६ मत प्राप्त गर्दै पराजित भईन् ।
लेखा अध्यक्षमा होमनाथ उप्रेती, उपाध्यक्षमा दिनेश अधिकारी र सचिवमा हिमाल मैनाली निर्वाचित भएका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *