संयोजक बने प्रचण्ड, सहसंयोजकमा माधव कुमार नेपाल चयन

ताजा समाचार मुख्य समाचार राजनीति

झापा/ नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभाबाट प्रचण्ड संयोजक चयन भएका हुन्।
त्यस्तै सहसंयोजकमा माधव कुमार नेपाल चयन भएका छन्। नेता महेन्द्र राय यादवले संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएको घोषणा गरेका थिए।
यसअघि प्रचण्ड नेकपा माओवादी केन्द्रका संयोजक थिए भने नेपाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष थिए। दुई पार्टी एकता गर्ने सहमति भएसँगै बुधबार एकता सभा आयोजना गरिएको हो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *