पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’मा

ताजा समाचार मुख्य समाचार राजनीति

झापा/पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै पार्टीमा उनको भूमिकाबारे गम्भीर छलफल सुरु भएको छ।

शुक्रवार र शनिवार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकमा भण्डारीको विषयमा गहन छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम ले जानकारी दिए।

“गरिमामय पद सम्हालेको व्यक्ति प्रत्यक्ष पार्टी राजनीतिमा फर्किँदा पार्टी र समाजमा के प्रभाव पर्छ भन्नेबारे बैठकमा प्रश्नहरू उठेका छन्। कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ। अध्यक्षले पनि अर्को बैठकमा थप छलफल गर्ने प्रस्ताव गर्नुभएको छ,” गौतमले बताए।

भण्डारीको पार्टी सदस्यता नवीकरण अहिले पेन्डिङ अवस्थामा रहेको र यसबारे पार्टीले पछि निर्णय गर्ने जानकारी उनले दिए।

पूर्व राष्ट्रपतिका रूपमा राष्ट्रको उच्च जिम्मेवारी सम्हालेकी भण्डारीको सक्रिय राजनीतिमा फर्किने तयारीलाई लिएर पार्टी भित्रै विभिन्न धारणा देखिएको बताइएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *