दमकका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन

ताजा समाचार


दमक /दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।

आज बिहान १०।१० बजे उनको आफ्नै घरमा निधन भएको हो । ७३ वर्षका बुढाथोकी मिर्गौलाको समस्याबाट पीडित थिए । बुढाथोकी २०४९ सालमा दमक नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । उनी दमक क्याम्पसको संचालक समितिको अध्यक्ष पनि रहेका थिए ।

यसअघि नेकपा एमालेमा रहेका बुढाथोकी नेकपा एकीकृत समाजवादीमा आवद्ध हुँदै केन्द्रीय सदस्य बनेका थिए । अन्त्येष्टिअघि दमक नगरपालिकामा दिउँसो १ बजे श्रद्धाञ्जली सभा राखिएको नगर प्रमुख राम थापाले जानकारी दिएका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *