झापा/ युथ सेलिब्रेसनका लागि झापाबाट १ हजार ३ सय बढी युवाहरू काठमाडौ जादैछन। लोकतन्त्र दिवसको अवसरमा नेकपा (एमाले ) ले वैशाख ११ गते बिहीबार गर्ने युवा उत्सवमा सहभागी हुन युवाहरु काठमाडौ लागेका हुन।
भृकुटीमण्डपमा हुने युथ सेलिब्रेसनका लागि झापाका १५ वटै पालिकाबाट १ हजार ३ सय भन्दा बढी युवाहरूको टोलि काठमाडौ लागेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।
२०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले जनआन्दोलनको दबाबका कारण शक्ति जनतामै सुम्पिने घोषणा गरेका थिए।
त्यहि दिनलाई नेपालमा लोकतन्त्र दिवस मनाउने गरिएको छ। एमालेले लोकतन्त्र दिवसलाई युवाहरुमा केन्द्रीत गर्दै युथ सेलिब्रेसन नाम दिएर कार्यक्रम गर्दैछ। कार्यक्रममा देशै भरबाट १ लाख युवा सहभागी गराउने एमालेको तयारी छ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



