प्रधानमन्त्री ओलीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान

ताजा समाचार राजनीति

झापा /प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरुलाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गर्नुभएको छ ।
स्थापना दिवसका अवसरमा आज पार्टीद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रत्नप्रसाद शर्मा न्यौपाने,लालबहादुर विश्वकर्मा, वाचस्पति देवकोटा,शान्ता मानवी,सत्यनारायण मण्डल, शोभाराम बस्नेत र हरिचरण शिवाकोटीलाई उक्त सम्मान प्रदान गर्नुभएको हो। कार्यक्रममा पञ्चायतकालीन भूमिगत जीवनमा पार्टीका नेताहरुको सङ्घर्षमा आधारित पुस्तक ‘सेल्टर’ को विमोचन गरिएको थियो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *