झापाको दमक-१ मा नयाँ सुनचाँदी व्यवसाय सुरु भएको छ। ‘न्यू नेपाल सुनचाँदी पसल’ आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
दमक नगरपालिका प्रमुख रामकुमार थापाले पसलको उद्घाटन गर्दै व्यवसायिक वृद्धि र स्थानीय बजार प्रवर्द्धनमा यस्तो पसलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयाे ।
पसलका सञ्चालक प्रेम राज नेपालका अनुसार यहाँ विभिन्न प्रकारका सुनचाँदीका गरगहना खरिद तथा बिक्री गर्न सकिनेछ। ग्राहकलाई उच्च गुणस्तरका गहनासहित उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्य रहेको उनले बताउनुभयो ।
दमक क्षेत्रमा सुनचाँदी व्यवसाय फस्टाइरहेका बेला नयाँ पसल सञ्चालनमा आउनुले उपभोक्तालाई थप सुविधा दिने विश्वास गरिएको छ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



