आज प्रणय दिवस,प्रेम साटासाट गरी मनाईंदै

ताजा समाचार समाज

झापा/आज १४ फेब्रअरी प्रणय दिवस विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाईंदैछ । क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई भ्यालेन्टाइन डे को रुपमा विशेष रुपमा मनाउने गरेका छन् ।

तर बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रणय दिवस विश्वभरमा नै मनाउन थालिएको छ । नेपालमा पनि पछिल्ला केही वर्षदेखि विशेष गरी युवा युवती माझ प्रणय दिवस मनाउने चलन बढ्दो छ ।

दिवसका अवसरमा देशका पर्यटकीय ठाँउहरुमा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्ने गरिएको छ । भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ तिर रोमनबाट भएको मानिन्छ ।

सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रणय दिवसका रुपमा भ्यालेन्टाइन डे मनाउने चलन छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *