झापा /कोशी प्रदेशका १४ वटै जिल्लामा प्रेस चौतारी नेपालको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
कोशी प्रदेशमा प्रेस चौतारीको जिल्ला अधिवेशन माघ १० गते सोलुखुम्बुबाट सुरु भएको थियो । माघ २२ गते अर्थात मंगलबार पाँचथर, ताप्लेजुङ र उदयपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
माघ २२ गते प्रेस चौतारीको स्थापना दिवस पनि हो । चौतारीले २७ औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ ।
कोशीका सबै जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा चौतारीको नयाँ नेतृत्व चयन गरेको छ । केही जिल्लामा पुरानै अनुहार नेतृत्वमा दोहोरिएका छन् ।
प्रेस चौतारी कोशी प्रदेशका महासचिव बाबुराम भण्डारीले चौतारी समावेशी नेतृत्व छान्न सफल भएको बताए । चौतारीका कतिपय जिल्लाहरूमा महिला तथा दलित समुदायका पत्रकारहरू जिल्ला अध्यक्ष भएका छन् ।
‘संगठनको वर्तमान शक्तिको समीक्षा र संगठन चलायमान बनाउने भावी योजनाहरु बनाउँदै कोशीका सबै जिल्लामा नयाँ नेतृत्व स्थापित भएका छन्,’ महासचिव भण्डारीले भने, ‘जिल्ला अधिवेशनका माध्यमबाट प्रेस चौतारी नेपालको संगठन निर्माणमा नयाँ उर्जा थपिएको छ ।’
यी हुन् कोशीका विभिन्न जिल्लाका नवनिर्वाचित अध्यक्षहरु
सोलुखुम्बु : गार्डेन राई
ओखलढुंगा : प्रवीण मुनाल
खोटाङ : राजन ठटाल
उदयपुर : अन्जनीकुमार अधिकारी
मोरङ : चीना थापा
सुनसरी : विकास चाम्लिङ राई
तेह्रथुम : उमेश नेपाली
धनकुटा : नारायण राई
भोजपुर : मोहन दुराल
संखुवासभा : जनक चापागाईं
झापा : प्रदीप परियार
इलाम : मनोज अधिकारी
पाँचथर : मदन थापा
ताप्लेजुङ : वसन्त पालुङ्वा (लिम्बू)