झापाको घटनालाई ‘अमला काण्ड’ भन्दै सम्प्रेषण गर्ने ३८ युट्युब च्यानल कारबाहीमा

ताजा समाचार समाज


झापा /झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ।

काउन्सिलले पछिल्लो समय विभिन्न युट्युब च्यानल र फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी सनसनीपूर्ण समाचार सम्प्रेषण भइरहेको जनाएको छ।

पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडियो तथा तस्बिर सार्वजनिक गर्दै अमर्यादित प्रश्नहरू सोधिएको, संवेदनहीन बहसलाई प्राथमिकता दिँदै भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण गरिएको काउन्सिलको ठहर छ।

काउन्सिलले पत्रकारिताका मूल्य मान्यता विपरीत समाजमा घृणा, उत्तेजना र अफवाह फैलाउने सामग्री तत्काल हटाउन आग्रह गरेको छ। साथै, गैरपेशागत तथा गैरकानुनी गतिविधि नगर्न चेतावनी दिँदै जिम्मेवार पत्रकारितामा ध्यान दिन सबै सञ्चार माध्यमलाई अनुरोध गरेको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *