सरकारको मर्म अनुसार काम गर्न मन्त्री दाहालकोे निर्देशन

ताजा समाचार राजनीति


झापा/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको मर्म झल्कने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
सडक विभाग मार्फत पोखरामा आयोजना गरिएको आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी दुई दिने कार्यशाला समापनमा उनले विकास निर्माणलाई तीव्रता दिई आर्थिक समृद्धि लक्ष्य हासिल गर्नुपर्ने भएकाले सोही ढंगबाट काम गर्न निर्देशन दिए ।
उनले रुग्ण आयोजना व्यवस्थापन गर्दै नयाँ आयोजनालाई गति दिने गरी कार्यक्षेत्रमा खटिन समेत निर्देशन दिए ।असल नियतले कार्यसम्पादन गर्दा कुनै पनि निकायबाट कारबाहीमा परिन्छ कि भन्ने डर नमानी काम गर्न समेत उनले निर्देशन दिए । उनले नीतिगत समस्या भए मन्त्रालयले सहजीकरण गर्ने बताए ।
नेपाल अझै पनि निर्माणकै चरणमा रहेकाले अब बन्ने र बनिरहेका संरचनालाई दिगो र सुरक्षित बनाउनेतर्फ ध्यान दिन समेत उनको आग्रह छ ।
आयोजनालाई आवश्यकता र उपयोगिताका आधारमा प्राथमिकता दिइनुपर्ने भन्दै मन्त्री दाहालले संख्यात्मक रूपमा मात्र नभई गुणात्मक रूपमा निर्माण कार्यमा जोड दिनुपर्ने बताए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *